| सोमवार, कार्तिक २३, २०८३

बारपाक सडकखण्डको ७० प्रतिशत काम सम्पन्न

एघारकिलो छेवेटार बारपाक भालुस्वाँरा सडक आयोजना कार्यालयको मुख्य दायित्व रहेको ११ किलो–छेवेटार–भाँलुस्वारा–बारपाक सडकखण्ड निर्माणको काम जम्मा ७० प्रतिशत मात्र सम्पन्न गरेको कार्यालयले जनाएको छ ।

उक्त सडकखण्ड दुईवटा प्याकेजमा निर्माण कार्य चलिरहेको छ ।


दुईवटा प्याकेजमध्ये २२ किलोदेखि ३० किलोसम्म लोहनी एण्ड ब्रदर्स कन्सट्रक्सनले र ३० देखि ४६ किलोमिटरसम्म रसुवा इलाइट सूर्य जेभीलाई ठेक्का दिइएको कार्यलय प्रमुख यादवले जानकारी दिए ।

२०७३ सालमा लोहनी एण्ड ब्रदर्स कन्सट्रक्सनसँग सम्झौता भए अनुसार कामको म्याद पूरा भइसकेको छ । तर काम भने जम्मा ७० प्रतिशत मात्र सम्पन्न भएको छ । कूल १० करोड रुपैयाँको बजेटमा करिब ७ करोड भुक्तानी भइसकेको कार्यालय प्रमुख यादवले बताए । ‘कोरोना र बर्षायामले गर्दा काम ढिलो भएको हो, जसरि पनि सम्पन्न गराएर छाड्छौ’, यादवले भने ।

२०७४ सालमा रसुवा इलाइट सूर्य जेभिसँग सम्झौता भएको थियो । कामको म्याद पुस १४ सम्म रहेको छ । काम भने ७५ प्रतिशत सम्पन्न भएको छ । ३५ करोड रुपैयाँ बजेट रहेकोमा २५ करोड रुपैयाँ भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्