| सोमवार, कार्तिक २३, २०८३

गोरखामा गण्डकी प्रदेश मातहतको सामाजिक बिकास कार्यालय थपियो

गण्डकी प्रदेश सरकारले गोरखामा नयाँ कार्यालय थप गरेको छ । सामाजिक बिकास मन्त्रालय अन्र्तगतको यो कार्यालयले सेवा सुरु गरेको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए ।


नयाँ खुलेको सामाजिक बिकास कार्यालयले यस अघि महिला तथा बालवालिका कार्यालयको रुपमा जिल्ला रहेको अड्डाले जस्तै काम गर्नेछ । महिला तथा बालवालिकाको क्षेत्रमा, मन्दिर गुम्बा निर्माणको क्षेत्रमा समेत सामाजिक बिकास कार्यालयले काम गर्ने कार्यालय प्रमुख परियारले बताए ।


गोरखामा सेवा सुरु गरेको यो कार्यालयमा अधिकृत सहित नौ जना कर्मचारी हुने गरी संरचना तयार गरिएको छ । ति मध्ये अहिले तीन जना मात्र छन् । अन्य कर्मचारी आउने क्रममा रहेको उनले बताए ।


शैक्षिक गुणस्तरमा वृद्धी गर्ने, जेष्ठ नागरिकको ज्ञान सिपलाई पुस्ता हस्तान्तरण गर्ने, मठ मन्दिर, गुम्बा, मदरसा मर्मत तथा निर्माण गरी शैक्षिक गतिविधिलाई बढाउने खालका कार्यक्रम पनि संचालन हुने परियारले बताए ।


कार्यालयले मानव सेवा आश्रममा बाल दिबसको अवसर पारेर त्यहाँ बसेर पढ्दै आएका बालवालिकालाई स्टेशनरी सहयोग समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्