| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीबासीद्वारा अर्थमन्त्रालय र उर्जामन्त्रालयमा डेलिगेशन


पहिरोका कारण बिगत २५ दिनदेखि बाटो अवरुद्ध हुँदा विभिन्न समस्या झेलिरहेका चुमनुब्री उपत्यकाका सामाजिक अगुवा अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा डेलिगेशन गएका छन् ।


आइतबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाललाई भेटी गाउँको समस्या सुनाएको टोलीको समन्वय गरेका चुमकल्याण समितिका अध्यक्ष निमा लामाले जानकारी दिए ।


आइतबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुषाललाई भेटी गाउँको समस्या सुनाएको टोलीको समन्वय गरेका चुमकल्याण समितिका अध्यक्ष निमा लामाले जानकारी दिए ।


लामो समयदेखि चिनियाँ नाकाबन्दी भएको र बाढी, पहिरोले बाटो अवरुद्ध हुँदा गाउँघरमा खाद्यान्न हाहाकार हुन थालेको बारेमा टोलीले सो मन्त्रीहरुको ध्यानाकर्षण गराएका थिए ।

‘विशेषगरी बाढी पहिरोले बाटो अबरुद्ध हुँदा गाउँमा खाद्यान्न हाहाकारको अबस्था आएको बारेमा दुवै जना मन्त्रीहरुको ध्यानाकर्षण गरायौँ’, लामाले भने, ‘सेनाले बनाइरहेको बेनिघाट, आरुघाट, लार्के सडकमा बजेटको दायरा बढाउनु पर्ने र सिर्दिबासदेखि छेकम्पार जोड्ने सडक पनि नेपाली सेनाले बनाउनु पर्ने बिषयमा पनि जोड दियौँ ।’

यारुबगरको पहिरो, जगत बगर डुबान, सल्लेरी पहिरो, लोक्पाखोला पहिरो, सर्दीभीरको क्याण्टिलिभर पहिरो, नाम्रुङ पहिरो, सामागाउँ पहिरो, नाग्चेत, पाती, देवल गाउँका पहिरोले जनजीवन प्रभावित भएकाले पहिरो नियन्त्रणका लागि तत्काल बजेट बिनियोजन गर्नुपर्ने बारेमा पनि ध्यानाकर्षण गरायौँ ।’


प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा गएको सो टोलीले पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ, चुमकल्याण समितिका अध्यक्ष निमा लामा, चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष चुमनुब्री–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष वीरबल घले, लाक्पाडुण्डुप लामा, निमा ग्याल्बो लामा, छिरिङफुञ्जो लामा, पेमा ढिकी लामा, सुजन गुरुङ, विष्णु गुरुङ लगायत सहभागी थिए । सो अवसरमा विभिन्न समस्या र समाधानको उपाय समेटिएको ज्ञापनपत्र पनि बुझाइएको थियो ।


प्रतिनिधिसभा सांसद हरिराज अधिकारीको नेतृत्वमा गएको सो टोलीले पूर्व राज्यमन्त्री छमबहादुर गुरुङ, चुमकल्याण समितिका अध्यक्ष निमा लामा, चुमनुब्री गाउँपालिकाकी उपप्रमुख कुमारी गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष चुमनुब्री–काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष वीरबल घले, छिरिङफुञ्जो लामा, पेमा ढिकी लामा, सुजन गुरुङ, विष्णु गुरुङ लगायत सहभागी थिए ।

सो अवसरमा विभिन्न समस्या र समाधानको उपाय समेटिएको ज्ञापनपत्र पनि बुझाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्