
शनिवार पाँच जना संक्रमित थपिए, सक्रिय संक्रमित ५९
गोरखामा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन्। १५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो ।
गोरखा नगरपालिकामा १५ जना, धार्चे गाउँपालिकामा १६ जना र पालुङटार नगरपालिकामा १० जना सक्रिय संक्रमित रहेका छन् ।
अन्य पालिकामा संक्रमित १० भन्दा कम छन् । गण्डकी, बारपाक सुलिकोट र चुमनुब्री गाउँपालिकामा सक्रिय संक्रमित छैनन् ।
हाल गोरखामा कोभिड अस्पतालमा छ जना उपचाररत छन् । गोरखामा अहिले सम्म छ हजार तीन सय ६० जनाले कोरोना जितेका छन् । ११ हजार ८८ जनाले पिसिआर परीक्षण गरेका छन् भने १२ हजार छ सय २७ जनाको एन्टिजेन जाँच गराएका छन् ।




