| सोमवार, कार्तिक २३, २०८३

एमसिसिको बिरोधमा गोरखामा मोटरसाइकल र्याली


संसदबाट पास गर्ने प्रक्रियामा रहेको एमसिसीको बिरोधमा गोरखामा शनिबार साँझ बिरोध र्याली प्रदर्शन गरिएको छ ।
सचेत नागरिक समाज छेपेटारको ब्यानरमा छेपेटारदेखि गोरखा सदरमुकाम बजारसम्म मोटरसाइकल ¥याली गरिएको हो । र्यालीमा सहभागीले नो एमसिसी, रिजेक्ट एमसिसी, गो ब्याक एमसिसी लेखिएका टिसर्ट लगाएका थिए । ४० वटाभन्दा धेरै मोटरसाइकल ¥यालीमा ६० जनाभन्दा धेरै युवाहरुले विरोध प्रदर्शन गरेका थिए ।
पहिलो चरणमा विरोध र्यालीमार्फत एमसिसीको बिरोध गरिएको र पछिल्लो चरणमा थप बिरोधका कार्यक्रम गरिने र्यालीमा सहभागी रमेश विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्