| मङ्लबार, कार्तिक २४, २०८३

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः रेशम न्यौपान चयन भएका छ्न ।

वित्तीय संस्थाको सञ्चालक समितिको बसेको बैठकले २०७८ असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गरेको साधना लघुबित्त संस्थाले जनाएको छ ।


उनी उक्त संस्थामा स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् ।


गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा एक दशमलव ३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।


वित्तीय संस्थाले गत साउन मसान्त सम्म चार वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्