| सोमवार, कार्तिक २३, २०८३

हुल्चुकमा तरुण दल गठन

धार्चे गाउँपालिका वडा नं. १ हुल्चुकमा नेपाली काङ्ग्रेसको युवा संगठन तरुण दल गठन गरिएको छ । हुलचुकमा सम्पन्न पार्टीका युवाहरुको भेलाले सन्देश गुरुङको सभापतित्वमा २५ सदस्यीय तरुण दल गठन गरेको हो ।

जसको उपसभापतिमा लुके गुरुङ र सिङबहादुर गुरुङ, सचिवमा किसान गुरुङ र आइत गुरुङ, सहसचिवमा सुरेन्द्र गुरुङ र सिता गुरुङ, कोषाध्यक्षमा कान्छी गुरुङ रहेका छन् ।

नेपाली काङ्ग्रेस तरुण दल जिल्ला सदस्य र धार्चे संयोजक पुष्कर गुरुङको अध्यक्षता तथा धार्चे गाउँपालिका वडा नं १ हुल्चुकका वडा सभापति प्रकाश घलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्