| सोमवार, कार्तिक २३, २०८३

केही संशोधन गरेर एमसीसी पास हुन्छ : एमाले नेता गुरुङ

नेपाल कम्यूनिष्ट पार्टी (एमाले) का स्थायी समिति सदस्य किरण गुरुङले एमसीसी केही संशोधन गरेर पास गर्नुपर्ने बताएका छन् । मंगलवार गोरखामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यो ठिक छ पनि हामीले भन्दैनौँ, बेठिक पनि भन्दैनौँ ।’


एउटा सरकारले लिएको अनुदानलाई स्वीकार गर्दैनौँ भन्न नसक्ने बताउँदै उनले भने ‘झलनाथ खनाल नेतृत्वको समितिले केही सच्याएर पास गर्न सुझाब दिएको छ । केही विषय संशोधन र परिमार्जन गरेर पास गर्नुपर्छ ।’


‘हाम्रो देश अविकसितबाट अपग्रेड भएर बिकासोन्मुखको परीक्षणको चरमा छ । हामीले धेरै देशसँग अनुदान सहयोग लिनुपर्ने हुन्छ’, उनले भने, ‘नेपालमा धेरै बैदेशिक सहयोग र अनुदान लिनुपर्ने बताउँदै उनले थपे । ‘हरेक सहयोगहरुलाई संसदमै गएर पास गराउनुपर्ने ? यो ठिक यो बेठिक भन्नुपर्ने ? संसदमा लगेर पास गर्नुपर्ने त्यसमा हाम्रो असहमति हो’, यसमा कतिपय दुईदेश बीचको कुरा पनि हुन्छ ।


एमसीसी जन्माउनेले के गर्छन् भन्ने एमालेले पनि हेरिरहेको बताउँदै उनले भने, ‘एमसीसी जन्माउने नै सरकारमा छन्, के गर्छन् भन्ने हामी पनि हेरिरहेका छौँ ।’
पार्टी बिभाजनपछि नेकपा एमाले गोरखाको जिल्ला कमिटि बैठकमा सहभागी हुन गोरखा आएका उनले विपीले भनेको समाजवाद, वावुरामले भनेको समाजवाद र माधव नेपालले भनेको समाजवाद एउटै रहेको आरोप लगाए ।

बाटो बिराएर समाजवादीमा गएकाहरुलाई फर्कन आग्रह गर्दै उनले नेकपा(एकीकृत समाजवादी)लाई भने ‘बैचारिक हिसाबले बिर्सजनबादी, दक्षिणबादी हो, स्वार्थका लागि पार्टी बिभाजन गरिएको छ ।’ साथै उनले गल्ती महशुस गरेर माफी मागेमा नेकपा(एकीकृत समाजवादी)मा गएकाले आत्माआलोचना गरेमा फिर्ता गर्न सकिने बताए ।


सकारको आलोचना गर्दै उनले बिपत्तिमा परेकालाई राहत दिलाउन नसकेको, भारतीय जहाज नेपालमा घुमिँरहँदा बेवास्ता गरेको, तुईन प्रकरणबारे चासो नदेखाएको, चीनसँग सम्बन्ध बिगार्ने प्रयत्न गरेको, यस अघिको सरकारले अगाडि बढाएको कार्यक्रमलाई बेवास्ता गरेको बताए ।


कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्व भूमि सुधार मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेर सरकारले गल्ती गरेको आरोप लगाईन् । १२ लाख भूमिहिनलाई लालपुर्जा उपलब्ध गराउने तयारी भएका बेला राजनीतिक पूर्वाग्रह राखेर सरकारले आयोग खारेज गरेको उनले बताईन् ।


पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेतले गोरखामा एमाले समावजादीमा पाँच प्रतिशत पनि नेता कार्यकर्ता नभएको बताए । जिल्ला अध्यक्ष प्रेम गुरुङले अंक गणितको हिसाबले पनि एमाले गोरखालाई पार्टी बिभाजनले कुनै अर्थ नराख्ने बताए ।

प्रतिक्रिया दिनुहोस्