
जिल्ला प्रशासन र मालपोतबाट सबै बार सबै पालिकाको सेवा प्रवाह
जिल्ला प्रशासन कार्यालय गोरखा र मालपोत कार्यालय गोरखाबाट अबदेखि सबै बार सबै पालिकाका लागि सेवा प्रबाह हुने भएको छ ।
कोरोना संक्रमणको त्रासका कारण यी दुई कार्यालयले बारअनुसार पालिका बिभाजन गरी सेवा प्रबाह गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नै शनिबारबाहेक सबै बार सबै पालिकाका सेवाग्राहीलाई सेवा प्रबाह गर्न सुरु गरेको छ ।
मालपोत कार्यालयले मंगलबारदेखि शनिबारबाहेक सबै बार सबै पालिकाका सेवाग्राहीलाई सेवा दिने निर्णय गरेको छ ।
साथै मालपोत कार्यालयले यसअघि रोकिएका सबै सेवाहरु सुचारु गर्ने निर्णय भएको कार्यालयका रवि सुवेदीले जानकारी दिए ।
कोभिड संक्रमणको त्रासका कारण यसअघि मालपोतले रजिष्ट्रेशन पास, रोक्का र फुकुवाको सेवा मात्र दिने गरेको थियो ।
रोकिएका मुद्दा, नामसारी, संशोधन, ट्रायल चेकलगायतका सेवा पनि अबदेखि सुरु गर्ने निर्णय भएको सुवेदीले जानकारी दिए ।




