| सोमवार, कार्तिक २३, २०८३

मंगलवारबाट गण्डकी गाउँपालिकाको विद्यालय खुल्ने

गोरखाको गण्डकी गाउँपालिका भित्रका विद्यालय मंगलवारबाट खुल्ने भएको छ

। बैकल्पिक माध्यामबाट पठन पाठन गर्न संभव नभएको, लामो समयदेखि सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित शिक्षा समितिको बैठकले भदौ २२ गते देखि विद्यालय खोल्ने निर्णय गरेको शिक्षा अधिकृत सुदिप पन्तले बताए ।


नेपाल सरकारबाट स्विकृत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय खोल्न विद्यालयहरुलाई पत्राचार गरिएको छ । विद्यालय, ब्यवस्थापन समितिलाई सुरक्षाको मापदण्ड अनिवार्य रुपमा पालना गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्