| सोमवार, कार्तिक २३, २०८३

गोरखामा कोरोना संक्रमित घट्दो, चारदिनदेखि अस्पतालको आइशोलेसन खाली

गोरखामा कोरोनाका संक्रमित घटेका छन् । भदौ १५ गतेदेखि गोरखा अस्पतालको आइशोलेसन बेड खाली छ ।

‘उपचार गराउन आएका बिरामीमा कोरोना पुष्टि हुने क्रम घटेको छ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने ‘अस्पताल आइशोलेसनमा भर्ना गरेर राख्नुपर्ने बिरामी अहिले छैनन् ।’

अस्पतालको २३ वेड अहिले खाली छ । आँपपिपल अस्पताल आइशोलेसनमा बिरामी छन् भने अन्यत्र पनि कोभिड संक्रमित बिरामी छैनन् ।

पछिल्लो समय गोरखामा संक्रमण दर घट्दै गएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । एक सय २४ जना मात्रै सक्रिय संक्रमित छन् ।

आरुघाट गाउँपालिकामा ४१, गोरखा नगरपालिका भित्र २६ जना सक्रिय संक्रमित छन् भने अन्य पालिकामा २० भन्दा तल र केहीमा संक्रमित नै छैनन् । पछिल्लो समय चेकजाँच पनि घटेको छ । कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण देखिएकालाई जाँच गर्न अनुरोध गरिएको तर अहिले बिरामी हुने दर कम देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्