| सोमवार, कार्तिक २३, २०८३

गोरखामा अब सबै विद्यालय खुल्ने

निषेधाज्ञाका कारण पाँच महिनादेखि बन्द गोरखाका विद्यालय अब खुल्ने भएका छन्।

केही स्थानीय तहले विद्यालय संचालन सुरु गरिसकेका छन् भने केहीले निषेधाज्ञाका कारण सुरु गरेका छैनन् । बिहिवार जिल्ला प्रशासन कार्यालयमा बसेको डिसिसिएमसीको बैठकले विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएको छ ।


अनलाईन कक्षाका कारण सिकाई प्रभावकारी नभएको निश्कर्ष सहित स्थानीय तहहरु भौतिक रुपमा विद्यालय खोल्न तयार छन् ।

कोरोना संक्रमणको अवस्थालाई अध्ययन गरेर विद्यालयलाई अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डा पालना गर्न लगाएर स्थानीय विद्यालय संचालनका लागि निर्णय गर्न सक्नेछन् ।

डिसिसिएमसीको यो निर्णयले गोरखाका विद्यालयमा अब पढाई सुरु गर्न सहज भएको छ । कहिलेबाट विद्यालय खोल्ने भन्ने निर्णय भने विद्यालय, वडा र स्थानीय तहले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्