
गोरखामा जोर बिजोर हट्यो, बजार पनि दिनभरी खुल्ने
गोरखामा एक साता अघि निजी तथा सार्वजनीक सवारी साधनमा लगाइएको जोर बिजोर हटेको छ ।
भदौ १९ गते देखि जोर बिजोर हट्नेछ भने बजार पनि दिनभरी खुल्ने आज बसको डिसिसिएमसीको बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।
बजार बेलुकी सात बजे सम्म खुल्नेछ । होटल रेष्टुरेन्ट पनि बेलुकी ९ बजे सम्म खोल्न पाईनेछ । ब्यूटिपार्लर, शैलुन पनि खुल्ने भएका छन् ।




