| सोमवार, कार्तिक २३, २०८३

चुमनुब्रीबासीले मुख्यमन्त्रीसमक्ष बिसाए दुर्गमको दुख


चुमनुब्री गाउँपालिकाका सामाजिक अगुवाहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसमक्ष भौगोलिक जटिलताका कारण भोग्नु परेको सकसका बिषयमा जानकारी गराएका छन् ।

ठाउँठाउँमा बाटो बिग्रिएका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले भोग्नु परेको सास्ती बारे जानकारी गराइएको चुम कल्याण समितिका अध्यक्ष निमा लामाले जानकारी दिए ।


‘चुमनुब्री र सदरमुकाम जोड्ने बाटो असार लागेदेखि नै अवरुद्ध भएको, बाटो अवरुद्ध हुँदा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानको चर्को अभाव भएको बारे मुख्यमन्त्रीलाई जानकारी गरायौँ’, सो टोलीका नेतृत्वकर्ता निमा लामाले भने, ‘यथासीघ्र सो बाटो खुलाइदिनका लागि पहल ग¥यौँ । बाटो नखुलुञ्जेल चुमभ्याली, नुब्रीभ्यालीका लागि हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिदिन आग्रह ग¥यौँ ।’

मुख्यमन्त्रीले त्यस क्षेत्रका समस्याका बारेमा गम्भीर रुपमा मनन गरी कार्यान्वयनका लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका लामाले जानकारी दिए ।


असार १ गते जगत, सल्लेरी, १६ गते यारुबगर र दुईसाताअघि लोक्पा र सर्दीभीरमा बाटो अवरुद्ध भएका कारण छेकम्पार, चुम्चेत तथा अन्य वडाहरुमा पनि खाद्यान्नको चर्को अभाव सिर्जना भएको छ ।

प्रतिक्रिया दिनुहोस्