| सोमवार, कार्तिक २३, २०८३

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा यादव बस्नेत


नवगठित नेकपा एकीकृत समाजवादी गोरखाका अध्यक्षमा यादव बस्नेत कायम भएका छन् । यसअघिको समानान्तर समितिको नेतृत्व गरेका बस्नेतलाई नै अध्यक्ष कायम गरिएको नेता विश्वेश्वर कट्टेलले जानकारी दिए ।


हालै सम्पन्न बैठकले बस्नेतलाई अध्यक्ष, टेकराज भट्टलाई उपाध्यक्ष, सानुमाया बस्नेतलाई सचिव र नारायणध्वज खड्कालाई उपसचिव कायम गरिएको कट्टेलले जानकारी दिए ।


सो समिति १२१ सदस्यीय रहेको छ ।

प्रदेश सचिवालयमा हरि काफ्ले, बिश्वेश्वर कट्टेललगायतका नेता रहेका छन् भने जिल्ला पार्टी सचिवालयमा अध्यक्ष बस्नेत, जुद्वबिलाष भण्डारी, टेकराज भट्ट, सानुमाया बस्नेत, कृष्णमान श्रेष्ठ, रज्मदिन मिया, नारायणध्वज खड्का, द्रोण तिमिल्सिना, अमृत काराखेती, सिताराम बुढाथोकी, कल्पना कुवँर, प्रदिप क्षेत्री, भोला श्रेष्ठ, तिलव बानियाँ, सुरेश अंगाइ, गिरीधारी सापकोटालगायतका नेता रहेका छन् ।


पार्टीको जिल्ला कमिटको कार्यालय यसअघि स्थापना गरिएको प्रतीक्षालय आसपास रहेको अध्यक्ष बस्नेतले जानकारी दिए । कार्यालयलाई ब्यबस्थित गरी पार्टीको गतिविधिलाई तिब्र बनाइने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्