| सोमवार, कार्तिक २३, २०८३

गोरखामा सोमबार ३० जनामा कोरोना पुष्टि


सोमबार गोरखामा ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पिसिआर जाँचबाट २७ र एन्टिजेनबाट ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


यी सँगै गोरखामा कोरोनाको सक्रिय संक्रमितको संख्या एक सय ४४ जना छन् । सोमवार ५४ जनाले कोरोना जितेका छन् ।

आरुघाटमा ५६ र गोरखा नगरपालिकामा ४० जना सक्रिय संक्रमित छन् भने अन्य पालिकामा सक्रिय संक्रमितको संख्या कम छ ।


छ हजार एक सय ९९ जनाले गोरखामा कोरोना जितिसकेका छन् भने जिल्ला भित्रै कोरोना पुष्टि भएका ३० जनाको मृत्यू भएको छ । जिल्ला बाहिर कोरोना पुष्टि भएका २८ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्