| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिकाका १२ कक्षाका विद्यार्थीलाई भदौ १० गते कोभिडविरुद्धको खोप


गोरखा नगरपालिकाले कक्षा १२ का विद्यार्थीहरुलाई आउँदो भदौ १० गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाइदिने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार सूचना जारी गर्दै परीक्षाको तयारी गरी बसेका १३ वटा विद्यालयका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो मात्रा खोप लगाइदिने जनाएको हो ।


सूचनामा बिहान ११ बजेदेखि दिउसो २ बजेभित्र विद्यालयमा नै खोप केन्द्र सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्