
५५० जना व्यापारी व्यवसायीले लगाए कोभिडविरुद्धको खोप
गोरखाका व्यापारी व्यवसायीले सोमबार कोभिड १९ विरुद्धको खोप लगाएका छन् । व्यापारी, व्यवसायीको छाता संस्था गोरखा उद्योग वाणिज्य संघ र गोरखा च्याम्बर अफ कमर्शको सिफारिसमा उनीहरुलाई खोप लगाइएको हो ।
उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्शको सिफारिस लिएर आएका पाँचसय ५० जना व्यापारी, व्यवसायीहरु कोभिडविरुद्धको खोप लगाइएको खोप अभियानमा खटिएका स्वास्थ्य सहायक निश्चल अर्यालले जानकारी दिए ।
व्यापारी व्यवसायीहरु पनि कोभिडको उच्च जोखिममा रहेकाले खोपको प्रवन्ध गरिदिनुपर्छ भन्ने उवासंघ र च्याम्बरले निरन्तरको पहल गरिरहेको थियो ।
उनीहरुले अस्ट्राजेनिका र भेरोसिल खोप लगाएका अर्यालले जानकारी दिए ।




