| सोमवार, कार्तिक २३, २०८३

कोरोनाबाट गोरखामा अहिले सम्म २९ जनाको मृत्यू (कुन पालिकामा कति सुची सहित)

गोरखामा अहिले सम्म कोरोनाका कारण २९ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । जिल्ला भित्रै कोरोना जाँच गरेर पोजेटिभ रिपोर्ट आएकाहरुको मृत्यू संख्याको तथ्याङ्क हो यो ।


यो बाहेक जिल्ला बाहिर संक्रमण पुष्टि भएर मृत्यू भएका थप २८ जना रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

जिल्ला भित्रै संक्रमण पुष्टि भएर मृत्यू हुनेको संख्या सबैभन्दा धेरै गोरखा नगरपालिकामा ७ जना छन् भने उत्तरी गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकामा एक जना पनि छैनन् ।

प्रतिक्रिया दिनुहोस्