
आईतवार ५ जना संक्रमित थपिए, सक्रिय संक्रमित ४३७ जना
गोरखामा आईतवार पाँच जना कोरोना संक्रमित थपिएका छन् । यो सहित सक्रिय संक्रमितको संख्या चार सय ३७ रहेको छ ।
सबैभन्दा धेरै गोरखा नगरपालिकामा एक सय दुई जना, भिमसेन थापा गाउँपालिकामा ८६ जना, आरुघाट गाउँपालिकामा ७५ जना, पालुङटार नगरपालिकामा ५१ जना, सिरानचोकमा ४५, बारपाक सुलिकोटमा ३० जना रहेका छन् ।
यस्तै अजिरकोट गाउँपालिकामा २६ जना, शहीदलखन गाउँपालिकामा १० जना, धार्चे गाउँपालिकामा छ जना, गण्डकी गाउँपालिकामा एक जना, चुमनुब्रीमा भने संक्रमित छैनन् ।
आईतवार थपिएका पाँच जना भने गोरखा अस्पतालमा ऐन्टिजेन जाँच गर्दा पोजेटिभ आएकाहरु हुन् । कोरोना संग मिल्दोजुल्दो लक्षण भएर गोरखा अस्पताल जाँच गर्न गएकालाई ऐन्टिजिन जाँच गर्ने गरिन्छ ।
सोही क्रममा पाँच जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । अहिले सम्म कोरोना ंसंक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन् भने पाँच हजार सात सय ७५ जनाले कोरोना जितेका छन् ।
९० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ भने कोभिड अस्पतालमा १४ र आइशोलेसनमा पाँच जना उपचाररत छन् । आईतवार एकै दिन एक सय ४० जनाले कोरोना जितेका छन् ।




