| सोमवार, कार्तिक २३, २०८३

नियम कानून पूरा नगरी खर्च गरेपछि बेरुजु आउँछ : प्रमुख कोष नियन्त्रक गोरखा

नियम कानून बिपरीत वा आर्थिक ऐन नियम, कानुन पुरा नगरी खर्च गरेको खण्डमा मात्रै बेरुजु आउने गोरखाका प्रमुख कोष नियन्त्रक नारायणदत्त शर्मा बताउँछन् ।


‘ऐन कानुन बिपरीत खर्च गरेको, राजस्व लिनुपर्ने ठाउँमा नलिएको, खर्च गर्ने क्रममा प्रक्रिया पूरा नगरेको खण्डमा बेरुजु आउने हो’, उनले भने । कतिपय बेला स्थानीय तहमा भएको हिनामिना पनि बेरुजुमा उल्लेख हुन सक्छ । तर त्यस्तो प्रकृतिको बेरुजु रकम भने असुलउपर गर्ने भनी महालेखाको प्रतिवेदनमा उल्लेख भएको हुन्छ ।


नियम अनुसार काम भएको तर बढी भुक्तानी भएको रकम पनि बेरुजुमा आउँछ । गोरखामा केही स्थानीय तहको यस्तै अवस्था छ । टेण्डर गर्नुपर्ने काम कोटेशनमा दिएको, सिधै खरिद गरेको विषयमा पनि बेरुजु देखिएको छ ।


बेरुजु घटाउन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, लेखा र जनप्रतिनिधिले जिम्मेवार भएर आर्थिक अनुशासनमा काम गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्