| सोमवार, कार्तिक २३, २०८३

गोरखामा सांकेतिक रुपमा मात्रै जात्रा मनाउनु : प्रशासन

जिल्ला प्रशासन कार्यालय गोरखाले सुचना जारी गर्दै सांकेतिक रुपमा चाडपर्व मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।

बढ्दो कोभिड १९ को संक्रमण सँगै जिल्लामा जारी गरिएको निषेधाज्ञालाई ध्यान दिँदै स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गर्न प्रशासनले भनेको छ ।


प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले सुचना जारी गर्दै जनैपूर्णिमा, गाईजाज्ञा, हिलेजात्रा परम्परागत रुपमा सांकेतिक रुपमा घरैमा बसी मनाउन अनुरोध गरेको छ ।

घर बाहिर निस्किएर मनाउनुपर्ने परम्परा रहेको अवस्थामा न्यूनतम ब्यक्तिको उपस्थितिमा भिडभाडका गतिविधि नगरी मनाउन आग्रह गरिएको अधिकृत रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्