
चुमनुब्रीको क्यान्टिलिभर पुलमा पहिरो, आउजाउमा मुस्किल
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने क्यान्टिलभिर पुल पहिरोले भत्किएको छ ।
बिहिवार दिउँसो पुल माथि पहिरो बगेपछि आउजाउ अवरुद्ध भएको स्थानीय सरोज लामाले बताए । भुकम्पपछि उक्त पुल डिएफआईडीले निर्माण गरेपछि उत्तरी गोरखाका मानिसलाई आउजाउ गर्न, खच्चड हिँडाउन सहज भएको थियो ।
पुल भत्किएपछि पैदल हिड्न पनि जोखिम भएको र खच्चड हिडाउने बाटो नै नभएको स्थानीय लामाले बताए । पहिरोले पुलको रेलिङ भाँचिएको छ ।




