
गोरखा लकडाउनको आज दोस्रो दिन : नाकामा प्रहरीको कडा निग्रानी
गोरखा भित्रने नाकामा प्रहरीले निग्रानी बढाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन नगर्न आग्रह गर्दै नियम बिपरित चलेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा प्रवेश गर्ने नका मझुवामा चेकजाँचलाई कडा बनाइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा, प्रहरी प्रमुख एसपी शेखर खनाल सहितको सुरक्षा समितिको टोलीले निषेधाज्ञाको पहिलो दिन गोरखा भित्रने नाको अनगुमन समेत गरेका थिए ।
तनहुँमा सवारी साधन चलिरहेको र गोरखमा बन्द हुँदा अन्यत्रबाट गोरखा आउनेहरुले तत्काल नआउन प्रशासनले आग्रह गरेको थियो । निषेधाज्ञाको पहिलो दिन नाकामा अन्यत्रबाट जिल्ला प्रवेश गर्नेहरु कम देखिन्थे । आएका केही ब्यक्तिहरु हिँडेर गन्तब्यतर्फ गएका थिए ।
निर्माण सामग्री, बिरामी बोकेका सवारी साधन, एम्बुलेन्स, दुध, पानी, खाद्यान्नका गाडी भने निर्वाद चलिरहेका छन् ।
प्रहरीले पालुङटार, आरुघाट, बेनिघाट लगायत नाकामा स्थानीय तह सँगको समन्यमा निग्रानी बढाएको जनाएको छ ।




