
मध्यपहाडी सडकको गोरखा खण्डमा तीन हजार रुख काटिँदै
पुष्पलाल (मध्येपहाडी) राजमार्गको गोरखा खण्डमा तीन हजार ८७ वटा बिरुवा काटिँदैछ । साना, ठुला गरी आरुघाट देखि गोरखा र लमजुङको सिमानामा पर्ने मादिपुल सम्मको सडकको दायाँबायाँ सो परिमाणमा बिरुवा काटिने डिभिजन बन कार्यालय गोरखाका सुचना अधिकारी महेश पौडेलले बताए ।
‘उक्त सडक खण्डमा १० वटा सामुदायिक बनको रुखहरु पर्छन’ उनले भने ‘हामीले रुखको गणना गरेर बन तथा भुसंरक्षण बिभागलाई पठाइसकेका छौँ ।’ बन डिभिजनले पठाएको बिवरण अनुसार तीन सय १९ रुख, आठ सय ९६ पोल आकारको रुख र एक हजार छ सय ४२ लाप्रा काट्नुपर्नेछ । यो काट्न बिभागले मन्त्रिपरिषद पेस गरेर निर्णय भएपछि मात्रै मिल्ने बन डिभिजनले जनाएको छ ।
‘हामीले पठाएको गत चैत २२ गते हो’ बन डिभिजनका सुचना अधिकारी महेश पौडेलले भने ‘निर्णय भएर आउन बाँकी छ ।’ सबैभन्दा धेरै बिरुवा पालुङटार नगरपालिका १ खोप्लाङ सामुदायिक भबनको पर्नेछ । सोही वडाको अन्नपूर्ण सामुदायिक बन, देबिस्थापन सामुदायिक बनको बिरुवा धेरे सडक निर्माणमा हटाउनुपर्ने देखिएको छ ।
सिरानचोक गाउँपालिका वडा नम्बर ४, ५, ६ भिमसेन थापा गाउँपालिकामा केही बिरुवा हटाउनुपर्ने देखिएको छ । सडकको दायाँ बायाँ गरी तीन दशमलव १४ किलोमिटर जमिन पनि सडकले ओगट्नेछ ।




