
उत्तरी गोरखाको लागी हेलिकप्टरबाट खोप ढुवानी
गोरखाको उत्तरी भेगहरु सामागाँउ, प्रोक, ल्हो, छेकम्पार, चुम्चेत, सिर्दिवास लगायतका ठाउँहरुमा हेलिकप्टर मार्फत खोप ढुवानी भएको छ । सोमबार बिहान सिम्रीक एयरको हेलिकप्टर मार्फत दुइ खेप गरि उक्त खोप सम्बन्धित ठाउँहरुमा पुराइएको स्वास्थ्य कार्यालय गोरखा शाखाका कोल्चेन निरिक्षक ऋषिराम खत्रीले बताए ।
ढुवानी गरिएको सम्पूणर् खोपहरु देश्रो मात्रा मात्र रहेको छ । १८ वर्ष देखि ५४ वर्ष उमेर समूहका लागी भेरोसेल खोप दुईहजार आठ सय ३४ मात्रा पठाइएको कोल्चेन निरिक्षक खत्रिले बताए । त्यस्तै ५५ वर्ष देखी माथी सबै उमेर समूहका लागी एष्ट्रारेडिका ९कोभिसिल्ड० खोप सात सय ३० मात्रा पठाइएको उनले बताए ।
‘पहिलो खेप सामागाउँ, प्रोक, ल्होको लागी पठाइयो त्यसपछि दोश्रो खेप छेकम्पार, चुम्चेत र सिर्दिवासको लागी पठाइयो’ खत्रिले बताए ।




