| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ४० जना कोरोना संक्रमित थपिए, ३०९ को रिपोर्ट आउन बाँकी

गोरखामा आईतवार ४० जना कोरोना संक्रमित थपिएका छन् । बिभिन्न पालिकाहरु मार्फत र स्वास्थ्य संस्थामा एक सय ५२ जनाको एन्टिजेन गर्दा ४० जनाको पोजेटिभ रिपोर्ट आएको हो ।


आईतवार थपिएका सँगै गोरखामा सक्रिय संक्रमितको संख्या पाँच सय १७ रहेको छ । सबैभन्दा धेरै आरुघाट गाउँपालिका भित्र एक सय २०, पालुङटार एक सय आठ जना र भिमसेन थापा गाउँपालिकामा एकसय पाँच जना संक्रमित छन् ।


आईतवार कोभिड अस्पतालमा उपचाररत २० जना भने आइशोलेसनमा उपचाररत पाँच जना छन् ।

प्रतिक्रिया दिनुहोस्