| सोमवार, कार्तिक २३, २०८३

उत्तरी गोरखामा चामल छैन, खाद्यान्न ढुवानीको ठेक्का लागेन

आषिशकुमार भट्ट; उत्तरी गोरखा खाद्यान्न(विशेषगरी अन्नबाली) कम हुने क्षेत्र हो । त्यसमाथि पनि धार्चे र चुमनुब्री गाउँपालिकामा धान खेती हुदैन, चामल उत्पादन हुदैन । धार्चे र चुमनुब्री गाउँपालिकाका बासिन्दा खाद्यान्नका लागि बजारमा निर्भर छन् ।
बजारमा खाद्यान्न पर्याप्त भए चुमनुब्रीका बासिन्दाले खान पाउँछन्, खाद्यान्न संकट हुनसक्छ । धार्चेमा चामल उत्पादन नभए पनि कोदो, मकै, गहुँ पर्याप्त उब्जनी हुन्छ, भोकमरी लाग्दैन तर चुमनुब्रीमा न धान–मकै, न गहुँ–जौ, कोदोको राम्रो उत्पादन हुन्छ ।
स्थानीय स्तरमा खाद्यान्न उत्पादन नहुने सो क्षेत्रका लागि सरकारले ढुवानी अनुदानमा खाद्यान्न उपलब्ध गराउन खाद्य डिपो स्थापना गरेको छ ।

डिपोसम्म खाद्यान्न पु¥याउने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले आव्हान गरेको बोलपत्रमा ठेक्का नलागी म्याद सकिएको छ ।
माछाखोला र सिर्दिवास डिपोको लागि खाद्यान्न ढुवानीका लागि खोलिएको उक्त टेन्डरमा अनलाइनबाट मात्र फर्म भरिएको छ । ‘आफै उपस्थित भएर कुनै पनि फर्मले हार्डकपी बुझाएको छैन,’ कम्पनीका प्रमुख नविन बस्नेतले भने, ‘१० प्रतिशत भन्दा बढि दररेट राख्न नपाइने कम्पनीको नियम हो तर अनलाइनबाट भरिएको फर्ममा सो भन्दा बढि दररेट रहेकोले रिटेन्डर हुन सक्ने सम्भावना धेरै रहेको छ ।’
कम्पनीले असारको २२ गते खाद्यबस्तु ढुवानीका लागी शिलबन्दी बोलपत्र नाममा सूचना प्रकाशन गरेको थियो । उक्त बोलपत्र खरिद गर्ने अन्तिम मिति साउन २० गतेसम्म रहेको थियो ।

तर आजसम्म अनलाइनमा बाहेक कुनै आवेदन पर्न आएको छैन । अनलाइनमा पनि तोकिएको भन्दा बढि दररेटमा आवेदन परेको छ ।
२०७७÷०७८ मा कम्पनीले माछाखोला डिपोमा पाँचसय क्विन्टल खाद्यान्न ढुवानी गर्नुपथ्र्यो । वर्षातका कारण बाटो अवरुद्ध भएको भन्दै पाँचसय क्विन्टल ढुवानी हुनुपर्नेमा तीन सय ६१ क्विन्टल मात्रै ढुवानी भएको थियो । कोटा अनुसार ढुवानी नहुँदा माछाखोला डिपोमा हाल खाद्यान्न अभाव रहेको छ ।
सिर्दिवास स्थित डिपोमा भने हेलिकप्टर मार्फत ढुवानी भएकाले अझैपनि दुई सय ७४ क्विन्टल चामल मोजाद रहेको कार्यालय प्रमुख नविन बस्नेतले बताए ।

एक सय ५० क्विन्टल खाद्यान्न अभाव हुन सक्ने भन्दै हेलिकप्टरबाट केही समय अघि ढुवानी गरिएको हो ।
उत्तरी दुर्गम भेगमा खाद्यान्न ढुवानी गर्नुपर्ने तर दररेट कम भएको भन्दै ब्यवशायीले ढुवानीमा प्रतिष्पर्धा गर्दैनन् । गतवर्ष पनि एक पटकमा ठेक्का नलागेपछि पुन ढुवानीका लागि बोलपत्र आह्वान भएको थियो ।
यस अघि उत्तरी गोरखाका लागि लगिएको चामल सिर्दिबास ३ स्थित फिलिम डिपोमा राखिएको छ । त्यस माथिका बस्तीमा ढुवानी गर्न सहज छैन । सामागाउँ, बिहि, ल्हो, प्रोक, छेकम्पार, चुम्चेत लगायत ठाउँमा खाद्यान्न सिर्दिबासबाट स्थानीयले बोकेर लैजानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्