
५ जना कर्मचारीलाई कोरोना देखिएपछि गोरखा नगरपालिकाको सेवा बन्द
गोरखा नगरपालिकाले सोमवारदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरेको छ । नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीलाई कोरोना संक्रमण भएको र ६ जनालाई मिल्दोजुल्दो लक्षण देखिएर पिसिआर गरिएकाले तत्कालकालागि सेवा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
‘संक्रमणको अवस्था हेरेर अर्को सुचना नहुँदा सम्मका लागि नगरपालिकाबाट अत्यावश्यक बाहेकका काम बन्द गरेका हौँ’ उनले भने ‘दिनदिनै संक्रमित थपिएकाले जोखिम कम गर्न र सेवाग्राहीलाई कार्यालयबाट हुन सक्ने संक्रमणको खतराबाट जोगाउन सेवा बन्द गर्नुपरेको उनले बताए ।





