| सोमवार, कार्तिक २३, २०८३

एसईई परीक्षाको नतिजा सार्वजनिक


यस वर्षको विद्यालय शिक्षा परीक्षा(एसईई)को परीक्षाफल प्रकाशित भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले शनिबार दिउसो एसईईको नतिजा प्रकाशित गरेको हो ।


बोर्डका अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेकोमा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएका छन् ।


कोरोनाभाइरसका कारण परीक्षा हुन नसकेपछि विद्यालयहरुले आन्तरिक मुल्यांकन गरी प्राप्तांक पठाएका थिए । सोही आधारमा परीक्षा नियन्त्रण कार्यालयले शनिबार परीक्षाफल प्रकाशन गरेको परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताएका छन् ।

परीक्षा बोर्डको आधिकारिक वेबसाइट, नेपाल टेलिकम र एनसेलको वेबसाइटमार्फत परीक्षाफल हेर्न सकिन्छ । यस्तै नेपाल टेलिकमको १६०० र एनसेलको १६०० नम्बरमा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्