
आज एसईईको नतिजा सार्वजनिक हुने
शनिबार(आज) एसईईको नतिजा सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को साउन ३१ गतेदेखि हुने परीक्षाको विषयमा निर्णय लिन बोर्ड बैठक डाकिएको थियो । सोही बैठकले एसईईको नतिजा सार्वजनिक गर्ने निर्णय गर्ने स्रोतले जनायो । अहिले बोर्ड बैठक बसिरहेको छ ।
गतबर्षजस्तै यसबर्ष पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गर्न लागिएको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।




