
गोरखा नगरपालिकाको वडा–वडामा पिसिआर संकलन
कोरोना संक्रमण तिब्र भएपछि गोरखा नगरपालिकाले पुनः चेकजाँच सुरु गरेको छ । दोश्रो लहरको सुरुमा जस्तै फेरी तालिका बुधबार आजबाट बनाएर विभिन्नमा वडामा स्वाब संकलन सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताए ।
जसअनुसार बुधवार ८९ जनाको स्वाब संकलन गरिएको छ । गोरखा नगरपलिका ६, ७ र ८ को संस्थागत क्लिनिक गोरखा अस्पतालमा पिसिआर गरिएको थियो । अस्पतालमा ६२ जनाको स्वाब दिइएका छन् । वडा नम्बर १, २, ४ का नगरबासीका लागि बुधवार नै कोखे आहाले शहरी स्वास्थ्य केन्द्र स्वाब सकलनको व्यवस्था मिलाइएको थियो । त्यहाँ भने ९ जनाले पिसिआर दिएका छन् । यसैगरी सक्रमण तिब्र देखिएको वडा नम्बर ८ को कट्टेलडाँडामा पनि स्वाब संकलन गरिएको छ । त्यहाँ १७ जनाले पिसिआर दिएको स्वास्थ्य शाख प्रमुख रेग्मीले जानकारी दिए ।
२१ गते बिहीबार वडा नम्बर ३ को नारेश्वर स्वास्थ्य चौकीमा बिहान ११ः३० बजे देखि ३ बजेसम्म, सोही दिन वडा नम्बर ४ मेलबिसौनीमा २ बजे देखि ३ बजेसम्म पिसिआर संकलन गर्ने कार्यक्रम छ ।
२४ गते वडा नं. ६, ७ र ८ को पुनः स्वाब संकलन गरिने गोरखा नगरपालिकाले जनाएको छ । बिहान ११ः३० बजे देखि १ बजेसम्म सो क्षेत्रका नगरबासीले संस्थागत क्लिनिक गोरखा अस्पतालमा गएर स्वाब दिन सकिनेछ । वडा नम्बर ८ को लागि सोही दिन दिउँसो २ बजेबाट ३ बजेसम्म रानीस्वाराँ स्वास्थ्य चौकीमा पनि स्वाब संकलन गरिने गोरखा नगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।
4
२५ गते वडा नम्बर १० को छेवेटार शहरी स्वास्थ्य केन्द्रमा बिहान ११ः३० बजे देखि १ बजेसम्म पिसिआर संकलन गर्ने कार्यक्रम छ । वडा नम्बर ११ र १२ को लागि दिउँसो २ बजे देखि ३ बजेसम्म रानीटारमा स्वाब संकलन गर्ने तयारी छ ।
२६ गते वडा नम्बर १३ र १४ को देउराली स्वास्थ्य चौकीमा बिहान ११ः३० देखि १ बजेसम्म र रबर उद्योग परिसरमा २ बजे देखि ३ बजेसम्म पिसिआर संकलन गर्ने गोरखा नगरपालिकाले जनाएको छ । कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका बिरामी र कोरोना संक्रमितको सम्र्पकमा आएका व्यक्तिहरुलाई पायक पर्ने स्थान गएर स्वाब परीक्षण गराउन गोरखा नगरपालिकाले नगरबासी सबैलाई अनुरोध गरेको छ ।




