| सोमवार, कार्तिक २३, २०८३

भिमसेन थापामा २३ सहित गोरखामा ३५ संक्रमित थपिए

गोरखामा बुधवार ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

भिमसेन थापा गाउँपालिकामा २३ जना, गोरखा नगरपालिकामा पाँच जना, पालुङटारमा चार जना, आरुघाटमा तीन जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
बुधवार सक्रिय संक्रमितको संख्या पाँच सय ९२ रहेको छ । संक्रिय संक्रमित गोरखा नगरपालिकामा एक सय ३० र पालुङटार नगरपालिकामा एक सय २९ छन् ।

चुमनुब्री बाहेकका पालिकामा सक्रिय संक्रमित एक सय भन्दा कम छन् ।
गोरखामा चार सय ३७ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी रहेको स्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
कोभिड अस्पतालमा उपचाररत २७ जना छन् भने आइशोलेसनमा उपचाररत सात जना छन् ।

प्रतिक्रिया दिनुहोस्