| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज ४४ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ६२० पुग्यो

गोरखामा मङ्गलबार ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिकामा १७ जना, गोरखा नगरपालिकामा १६ जना, बारपाक सुलिकोटमा ९ जना, आरुघाटमा दुई जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका भित्रका एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो भने अन्य सबै एन्टिजेनबाट पोजेटिभ देखिएका हुन् ।
यससँगै गोरखामा सक्रिय संक्रमितको संख्या छ सय २० पुगेको छ । गोरखा नगरपालिका, पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकामा सक्रिय संक्रमित एक सय भन्दाबढि छन् ।

अझै चार सय २७ जनाको पिसिआर रिपोर्ट प्राप्त हुन बाँकी छ । गोरखा भित्र कोभिड अस्पतालमा उपचाररत २७ जना र आइशोलेसनमा उपचाररत सात जना रहेका छन् । अन्यको स्वास्थ्य अवस्था भने समान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्