
गोरखा कारागारका कैदीबन्दीमा सिजनल फ्लु
गोरखा कारागारका कैदीबन्दीमा रुघाखोकी (सिजनल फ्लू) को लक्षण देखिएको छ ।
कोरोना सँग मिल्दोजुल्दो लक्षणदेखिएपछि केही दिन अघि १५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । तर सबैको रिपोर्ट नगेटिभ आएको कारागार शाखाका कर्मचारी दिपेन्द्र क्षेत्रीले बताए ।
५५ जना क्षमताका कारागारमा अहिले ९८ जना बसेका छन् ।
९२ जना पुरुष र छ जना महिला कैदीबन्दी रहेको उनले बताए । केही कैदीबन्दीमा रुघाखोकीको लक्षण देखिएको र चेकजाँच गर्दा अन्य समस्या नदेखिएकाले मौसमी रुघाखोकी हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।




