| सोमवार, कार्तिक २३, २०८३

अमरसिँह थापाको २०५ औँ स्मृति दिवस मनाइयो


विभिन्न कार्यक्रम गरी राष्ट्रिय विभूति अमरसिँह थापाको २०५ औँ स्मृति दिवस मनाइएको छ ।


अमरसिँह थापाको जन्मस्थान सिरानचोक गाउँपालिका ६ मा, काठमाडौंमा, पाँचथर लगायत विभिन्न ठाउँमा उनको स्मृति दिवस मनाइएको हो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ६ गाँखुमा निर्माण गरिएको अमरसिंह थापा स्मृती पार्कमा दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको हो ।


नेपाल एकिकरणमा अमरसिंह थापाको योगदान विषयक गाउँपालिका स्तरीय वक्तृत्व कला प्रतियोगामा सात वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगितामा परोपकार आदर्श माध्यमिक विद्यालय जौवारीकी रचना सापकोटा पहिलो, आहाल भञ्ज्याङ माध्यामिक विद्यालय थालाजुङकी सुजता अधिकारी दोश्रो, संसारी महेन्द्र मावि गाँखुका दिपेन्द्र नेपाली तेश्रो र जनज्योति मावि चिफ्लेटी विपना उपरकोटी सान्त्वना भएका छन् ।


गोरखा नगर पर्यटनका अध्यक्ष हरिकुमार थापाको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, वडा अध्यक्ष नारायणबाबु दानी, वडा नम्बर ८ अध्यक्ष झटकप्रसाद दवाडी, यदुप्रसाद अधिकारी, उदयबहादुर भट्ट, आहालभञ्ज्याङ प्रधानाध्यापक केशरसिंह बस्नेत, संसारी महेन्द्र माविका प्रधानाध्यापक भोजराज कोइराला, भीमसेन पार्क गोरखाका अध्यक्ष अर्जुनप्रताभ राणा लगायतले अमरसिंह थापाको योगदान र जिबनीका बारेमा धारणा राखेका थिए ।


काठमाडौंमा राष्ट्रिय विभूति अमरसिँह थापा प्रतिष्ठानले स्मृति दिवस मनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री विक्रमबहादुर थापा, अमरसिँह थापा ऐतिहासिक पर्यटन सर्किट मेची महाकाली अभियानका परिकल्पनाकार तथा संयोजक रामचन्द्र थापालगायतको उपस्थितिमा स्मृति दिवस मनाइएको संयोजक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्