| मङ्लबार, कार्तिक २४, २०८३

बिद्युत

गोरखाको सबै ठाउँमा आज रातीदेखि विद्युत नियमित सुचारु हुने

साउन ९ गतेराती ट्रान्सफर्मर जलेपछि अनियमित भएको गोरखाको विद्युत आज (बुधवार) रातीदेखि सुचारु हुने भएको छ ।

ट्रान्सफर्मर जडान सकेर चार्जिङ गरिएको र राती करिब ८ बजेपछि सबै ठाउँमा पहिले झैँ नियमित विद्युत प्रशारण हुने बितरण केन्द्र गोरखाका प्रमुख नेत्रमणी न्यौपानेले बताए ।
६÷८ एमभिए क्षमताको ट्रान्सफर्मरमा क्षती पुग्दा गोरखा बितरण केन्द्रमा विद्युत प्रवाह हुने महेन्द्रज्योती, खोप्लाङ, नयाँ बजार फिडर अन्र्तगतका करिब ३० हजार ग्राहकले बिजुली नियमित प्रयोग गर्न पाएका थिएनन् ।

आलोपालो गरी बैकल्पिक ब्यवस्था गरिएको र बुधवार रातीदेखि सबै ठाउँमा नियमित विद्युत सुचारु हुने बितरण केन्द्रले जनाएको छ । ट्रान्सफर्मरमा क्षती पुग्दा गोरखाको ग्रामिण भेगमा पाँच दिन देखि बिद्युत बन्द छ ।

प्रतिक्रिया दिनुहोस्