
गोरखा अदालतमा ६२८ मुद्धा, एक वर्षमा ४२३ फस्र्यौट
२०७७ बाट जिम्मेवारी सरेर आएको तीन सय १३ र २०७८ मा दर्ता भएको चार सय १५ मुद्धा मध्ये चार सय २३ वटा जिल्ला अदालतले फस्र्यौट गरिसकेको छ ।
२०७८ असार मसान्त सम्ममा गत वर्षको तीन सय पाँच थान फस्र्यौट हुन बाँकी छ ।
तीन सय पाँच थान मुद्धा २०७८/७९ का लागि जिम्मेवारी सरेको छ । ‘५८ दशमलव दुई प्रतिशत मुद्धा फस्र्यौट भएको छ’ उनले भने ‘कोभिडको बेला पनि यो प्रगती राम्रो हो’ जिल्ला न्यायाधिश बरालले भने ।
निषेधाज्ञाको समयमा पनि बालवालिका र थुनुवा संम्बन्धी मुद्धा अदालतले फस्र्यौट गरेकाले प्रगती बढेको न्यायाधिश दिनबन्धु बरालले बताए ।
गोरखामा सम्बन्ध बिच्छेदपछि धेरै मुद्धा जवरजस्ती करणी र बलात्कार प्रयासका घटनका छन् । ‘बालिका बलात्कारको मुद्धा पनि यहाँ धेरै छ’ न्यायाधिश बरालले भने । अदालतमा २६ थान मुद्धा मुलतवीमा छन् ।
ती मध्य छ थान जगाउने तयारीमा रहेको उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका, असाहाय र अनाथ ब्यक्तिलाई सहयोग गर्न अदालतमा बैतनिक वकिल राखिएको हुन्छ । जिल्ला अदालतले बैतनिक वलिक मार्फत दुई सय ६६ जनालाई निशुल्क सेवा दिएको जनाएको छ ।




