
शहिदलखन, आरुघाट, भिमसेन, पालुङटार र गोरखा नगरपालिकामा ५० भन्दाबढि सक्रिय संक्रमित
गोरखामा कोरोनाको सक्रिय संक्रमित सबैभन्दा धेरै शहिदलखन गाउँपालिकामा ९३ र आरुघाट गाउँपालिकामा ७८ जना छन् । पालुङटार नगरपालिकामा ७६, गोरखा नगरपालिकामा ६३, भिमसेन थापामा ५१, गण्डकीमा ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
धार्चे र बारपाक सुलिकोटमा एक/एक जना छन् भने चुमनुब्री गाउँपालिकामा संक्रमित छैनन् । यी बाहेक अन्य पालिकामा १० जना भन्दाबढि सक्रिय संक्रमित छन् ।




