| सोमवार, कार्तिक २३, २०८३

गोरखामा ४४१ जना सक्रिय संक्रमित, १३४ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा चार सय ४१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मंगलवार सम्म एक सय ३४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । कोभिड अस्पतालमा उपचाररत जिल्लाभरी नौ जना छन् भने आइशोलेसनमा उपचाररत पाँच जना छन् ।
सक्रिय संक्रमित सबैभन्दा धेरै शहिदलखन गाउँपालिकामा ९३ र आरुघाट गाउँपालिकामा ७८ जना छन् । पालुङटार नगरपालिकामा ७६, गोरखा नगरपालिकामा ६३, भिमसेन थापामा ५१, गण्डकीमा ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
धार्चे र बारपाक सुलिकोटमा एक÷एक जना छन् भने चुमनुब्री गाउँपालिकामा संक्रमित छैनन् । यी बाहेक अन्य पालिकामा १० जना भन्दाबढि सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्