| सोमवार, कार्तिक २३, २०८३

बालमन्दिरका अनाथ बालवालिकालाई पौष्टिक आहार सहयोग

नेपाल बाल संगठन गोरखाको समन्वयमा बाल मन्दीर माविका २४ अनाथ बालबालीकालाई पौष्टिक आहार खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।


बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईको समन्वयमा डाइनामिक मनी मेनेजरका प्रबन्धक रमेश कुुँबरले ५० हजार र लायन्स क्लव अफ सानोभेरी काठमाण्डौँका अध्यक्ष सुदिप सिंखडाले पाँच हजार रुपैँया सहयोग उपलब्ध गराएका थिए । उक्त सहयोग गोरखा नगरपालिका मेयर राजनराज पन्तले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । चना, अण्डा, मह, हरलिक्स, टुथपेष्ट, कासरिन, चेवनप्रास, सेनिटाइजर, माक्स र टावेल लगायतका सामाग्रीहरु विद्यार्थीलाई उपलब्ध गराइएको थियो ।


२४ जना बालबालीका मध्ये ९ जनालाई कोरोना संक्रमण भएको छ । उनिहरुलाई छुट्टै आइसोलेशनमा राखिएको र पौष्टिक आहारको आवश्यकता भएकाले उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बाल संगठन गोरखाका अध्यक्ष मोहनप्रसाद भट्टराईले बताए ।


कार्यक्रममा चेम्बर अफ कर्मसका भाइचन्द्र श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक शिवबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरजबाबु मास्के, नेकपा एमालेका नेता कमल दानी, संगठनका उपाध्यक्ष प्रविण श्रेष्ठ, सचिव पार्वती पाठक र सदस्य लक्ष्मण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।


सोही विद्यालयका विद्यार्थीलाई दुर्गा आयुर्वेद फर्माका सञ्चालक जिवन रेग्मीले पाँच/पाँचवटा शक्तिप्रास र कासरिन सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्