
शहीदलखन ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना पोजेटिभ
मदन बिश्वकर्मा :
गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ मा ५५ जनाको पिसिआर जाँच गर्दा १७ जना रिपोर्ट पोजेटिभ आएको छ ।
शनिवार ५५ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको मध्य १० जना महिला र ७ जना पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको स्वस्थ्यकर्मी बिष्णु श्रेष्ठले बताए ।
सोही ठाउँमा शनिवार १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनालाई कोरोना पाजेटिभ देखिएको थियो ।




