| सोमवार, कार्तिक २३, २०८३

निर्वाचन कार्यालय गोरखामा मतदाता नामावली संकलन सुरु

जिल्ला निर्वाचन कार्यालय गोरखाले आजदेखि मतदाता नमावली संकलन सुरु गरेको छ ।
निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुनः सुचारु गर्न निर्देशन गरेपछि जिल्ला निर्वाचन कार्यालयले सुरु गरेको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोईरालाले बताए ।

तत्कालका लागि जिल्ला निर्वाचन कार्यालय गोरखाबाट मात्रै नामावली संकलन र अद्यावधी गरिने उनले बताए ।
सार्वेच्च अदालतको असार २८ गतेको आदेश बमोजिम प्रतिनिधिसभा पुनस्र्थापना भएका कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकाले अहिले फेरी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ७ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा कात्तिक २६ गते र दोस्रो चरणमा मंसिर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य जेठ ९ गतेदेखि स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्