
हेलिकप्टरबाट उत्तरी गोरखामा कोरोना बिरुद्धको खोप लगियो
१८ वर्ष उमेर माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालय गोरखाले आज तीन हजार खोप हेलिकप्टर मार्फत उत्तरी गोरखा पठाएको छ ।

सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा हेलिकप्टरबाट खोप ढुवानी गर्ने र त्यहाँबाट नजिकको वडामा लैजाने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए । माउन्टेन चाईल्ड नामक संस्थाले हेलिकप्टर मार्फत ढुवानीमा सहजिकरण गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अघि पनि उत्तरी गोरखामा उक्त संस्थाले खोप ढुवानी गर्न सहयोग गरेको थियो ।

शुक्रवार ढुवानी गर्ने भनिएको खोप मौसम सुधार नभएपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट ढुवानी गरिएको हो ।




