| सोमवार, कार्तिक २३, २०८३

मौसम प्रतिकुल हुँदा हेलिकप्टरले उत्तरी गोरखामा खोप लैजान सकेन

मौसम प्रतिकुल हुँदा चुमनुब्री लैजाने भनिएको कोरोना बिरुद्धको भेरोसिल खोप आज लैजान नसकिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । मौसम सफा नहुँदा काठमाण्डौँबाट हेलिकप्टर खोप लिन गोरखा सदरमुकाम आउन नसकेको हो ।
‘मौसम सफा रह्यो भने शनिवार ढुवानी गर्ने तयारीमा छौँ’ स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने । तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा १८ वर्षदेखि माथिका मानिसलाई लगाउन तीन हजार मात्रा खोप ढुवानी गर्ने योजना स्वास्थ्य कार्यालयको रहेको थियो ।
सामागाउँ, गाप, चुम्लीङ र सिर्दिबासमा खोप ढुवानी गर्ने र त्यहाँबाट नजिकको वडामा लैजाने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । माउन्टेन चाईल्ड नामक संस्थाले हेलिकप्टर मार्फत ढुवानीमा सहजिकरण गर्न लागेको हो । यस अघि पनि उत्तरी गोरखामा उक्त संस्थाले खोप ढुवानी गर्न सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्