| सोमवार, कार्तिक २३, २०८३

गोरखामा २१ देखि ४० वर्ष उमेरकालाई कोरोना संक्रमण धेरै

गोरखाा २१ देखि ४० वर्ष उमेरका ब्यक्तिमा दोस्रो लहरको कोरोना संक्रमण धेरै देखिएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार बुधवार सम्म २१ देखि ४० वर्षका संक्रमितको संख्या आठ सय ४५ रहेको छ ।
३१ देखि ४० वर्ष उमेरका आठ सय १५ जना रहेका छन् । दोस्रो लहरमा युवाहरुमा संक्रमण धेरै देखिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी नबराज खड्काले बुधवार आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।

१० वर्ष मुनि र ६० वर्ष माथि उमेर समुहमा भने संत्रमणदर कम देखिएको छ । अहिले पनि गोरखामा कोरोना जाँच भएका मध्य करिब २० प्रतिशतमा संक्रमणदर बढेकोे छ ।

प्रतिक्रिया दिनुहोस्