
गोरखामा आज १० जना कोरोना संक्रमित थपिए
गोरखामा आज १० जना कोरोना संक्रमित थपिएका छन् । एक जना महिला र ९ जना पुरुषलाई कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा आज चार सय १० जनालाई कोरोना संक्रमण भएको छ भने ७ जनाको मृत्यू भएको प्रदेश स्वास्थ्य आपत्कालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले बताए ।
सबैभन्दा धेरै कास्कीमा दुई सय १४ जना र बाग्लुङमा एक सय १९ जनामा संक्रमण पुष्टि भएको छ ।




