| मङ्लबार, कार्तिक २४, २०८३

सिर्दिबासमा १५० क्विन्टल चामल ढुवानी, शनिवार मात्रै ६५ क्विन्टल पुग्यो

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट शनिवार ६५ क्विन्टल चामल ढुवानी गरिएको छ ।

गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम) लगिएको खाद्य तथा ब्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी शिब सुनाले बताए ।
‘२३ गते ८५ र शनिवार ६५ गरी एक सय ५० क्विलन्टल चामल ढुवानी गरियो’ सुचना अधिकारी सुनाले भने ‘अब गाउँपालिका सँगको समन्वयमा केही दिनमा बितरण हुन्छ ।’

केही दिन अघि पहिले बाँकी रहेको तीन सय क्विन्टल चामल बितरण भएको सिर्दिबास डिपोले जनाएको छ । अहिले ढुवानी गरिएको चामल अरुवा मकवानपुर जातको रहेको र प्रतिकिलो ५० रुपैयाँमा ३ं० केजिको एक बोराको एक हजार पाँच सयमा बिक्री हुने उनले बताए ।
जिल्ला प्रशासनले गृह मन्त्रालयको समन्वयमा खाद्य तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालयले उपलब्ध गराएको चामल ढुवानी गरेको छ ।
निषेधाज्ञाका कारण दुई महिना देखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा असार यताको बाढीले आउजाउ ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको थियो ।

खाद्य तथा ब्यापार कम्पनीले चालु वर्ष ३५ सय क्विन्टल चामल डिपोमा ढुवानी गर्नुपर्ने भएपनि दुई हजार सात सय क्लिवन्टल मात्रै ढुवानी गरेको थियो । उत्तरी गोरखामा खाद्यान्न अभाव हुन थालेपछि हेलिकप्टरबाट ढुवानी गरिएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्