| मङ्लबार, कार्तिक २४, २०८३

निषेधाज्ञामा यात्रु ठग्दै जिल्ला बाहिर यातायात चलाउने कारवाहीमा

निषेधाज्ञाको उलंघन गरी यात्रुलाई ठग्ने तीन वटा माइक्रोबस प्रहरी नियन्त्रणमा परेका छन् । काठमाडौंबाट यात्रु लिएर गोरखा आउँदै गरेको बा ५ ख १०७७, गोरखाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको बा ५ ख १०७३ र गोरखाबाट नारायणगढ ग १ ख ९६२२ को माईक्रोबसलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए ।

ती माइक्रोबसहरुले एउटै यात्रुसँग एकहजार सम्म भाडा लिएको पाइएको छ । गोरखाबाट काठमाडौंसम्मको नियमित माइक्रोबस भाडा ४५० रुपैयाँ छ । तर, हाल माईक्रोबस सन्चालकहरुले प्रतिव्यक्ति एक हजार रुपैँयासम्म लिने गरेको प्रहरीले जनाएको छ
निषेधाज्ञा केही खुकुलो पारिएका बेला जिल्ला भित्र मात्र यातायात सञ्चालन गर्न दिइएको भएपनि काठमाण्डौ र चितवनबाट महंगोभाडा लिएर यात्रु ओसारेको गुनासो आएको थियो ।

शनिवार ट्राफिक प्रहरीले चेकजाँच गरी ती माइक्रोबसलाई चालक सहित नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । असार २९ गतेसम्म जारी निषेधाज्ञामा स्वास्थ्य र सावधानीको मापदण्ड अपनाएर जिल्ला भित्र सवारी सञ्चालन गर्न दिने निणय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्