
पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पालुङटारको बाढी प्रभावित क्षेत्रको अवलोकन
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाले पालुङटारको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचित भट्टराईले त्यहाँ जनताका लागि तत्काल उद्धार र राहत कार्यक्रम ल्याउन सरकारलाई अनुरोध गरेका छन् ।
संघ र प्रदेशको समन्वयमा पालुङटार नगरपालिकाले बाढी र पहिरोबाट बिस्थापितलाई तत्काल र दिर्घकालिन रातहको कार्यक्रम ल्याउनुपर्ने बताए ।
बाढी पहिरो प्रभावित क्षेत्रको भौगविक अध्ययन गर्न अनुरोध गर्दै उनले जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने बताए । भट्टराई सँगै गण्डकी प्रदेशका मन्त्री एवं सो क्षेत्रका प्रदेश सांसद हरिशरण आचार्य पनि स्थलगत अवलोकनमा सहभागी थिए । उनले प्रदेश सरकारले बाढी पहिरो पिडितलाई सहयोग गर्ने बताएका छन् । उनीहरुले बढहरे खोला, छापथोक, राउतेपानी, खोल्ली गाउँ, लिगलिगकोट,बोहोरागाउँ लगायत ठाउँको अवस्था बारे अवलोकन गरेका थिए । सो क्षेत्रको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि बाढी पहिरोबाट भएको क्षतीको अनुगमन र स्थानीय संग छलफल गरेका थिए ।





